दफा ११४
हिसाब किताब र लेखा दिनु पर्ने
: लेखापरीक्षण गर्नको लागि लेखापरीक्षकले कम्पनीको हिसाब किताब र लेखा कार्यालय समयभित्र जुनसुकै बखत मागेमा पनि दिनु पर्नेछ र कुनै कैफियत माग गरेको भए सोको यथार्थ जवाफ समेत सम्बन्धित सञ्चालक वा कर्मचारीले मनासिव समयभित्र दिनु पर्नेछ ।